
पाँचौ वेगनास फिस फेस्टिबल तथा कृषि व्यापार मेला आजबाट सुरु
लेखनाथ , १३ जेठ ।
होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथ र जिल्ला मत्स्य व्यवसायी समितिको संयुक्त आयोजनामा पाँचौ वेगनास फिस फेस्टिबल तथा कृषि व्यापार मेला आजबाट सुरु भएको छ । पोखरा ३१ वेगनासतालको ड्यामसाइडमा सुरु भएको फेस्टिबलमा प्रमुख अतिथि गण्डकी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि लेख बहादुर थापाले फिस फेस्टिबलले यस क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटन विकास गर्न प्रचुर सम्भावना भएको भन्दै यहाँका स्थानिहरुको आकांक्षा अनुसार प्रदेश सरकार हातेमालो गर्दे अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कृषिमा आत्म निर्भर गर्नका लागि नमूना गाउँ निर्माण अभियान प्रदेश सरकारको योजना रहेको सुनाउँदै दुध, माछा, अण्डा, मासुमा आत्म निर्भर बनाउन प्रदेश सरकारको योजनार रहेको पनि बताए। पाँच वर्षभित्रमा गण्डकी प्रदेशलाइ अब्वल प्रदेश बनाउने मन्त्री थापाले दाबी गरे । वेगनास क्षेत्रलाइ माछाको हव केन्द्रको रुपमा विकास गर्न आग्रह गर्दै उक्त कार्यमा प्रदेश सरकारले सक्दो सयहोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यसै गरी गण्डकी प्रदेश विकास समितिका सभापति एवम् सांसद दिपक कोइरालाले वेगनास फिस फेस्टिबलले आर्थिक रुपमा समृद्धि हासिल गर्ने बताउँदै साविक लेखनाथ क्षेत्रमा रहेका सात तालहरुको संरक्षण र सम्बद्र्धन गर्दै तालहरु जोड्ने लिंक रोड निर्माण गर्ने योजना रहेको बताए । यसै गरी जिल्ला समन्वय समितिका उपप्रमुख सावित्री भण्ढारी, वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्ढारी, युवा परिचालन उपसमितिका संयोजक एवम् वेगनास युवा क्लबका अध्यक्ष राम रानाभाट, वेगनासताल महिला समुहकी अध्यक्ष दुर्गा देखि अधिकारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए । होटल तथा रेष्टुरेन्ट एसोसियसनका अध्यक्ष कृष्ण प्रसादि तिमिल्सिनाले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए । एसोसियसनका माहासचिव विरभद्र कंडेलले कार्यक्रम सन्चालन गरेका थिए भने जिल्ला मत्स्य व्यवसायि समितिका अध्यक्ष दयाराम तिवारीले धन्यवाद ज्ञापन गरेका थिए ।
यस अघि कार्यक्रम सुरु हुनु पूर्व वेगनासताल वसपार्क देखि विभिन्न क्षेत्रका आमा समूहहरु, टोल विकास संस्थाहरु, युवा क्लबहरु, तमु समाज लगाएतका विभिन्न सामाजिक संघ संस्थाहरुले आफ्नो भेषभुषा र व्यानर सहित झयाँकी ¥याली समेत प्रस्तुत गरेका थिए ।