Site icon Gaule Media ::

उपमेयर कप अन्तर नगरपालिका महिला फुटबलमा १६ टिम भिड्ने

उपमेयर कप अन्तर नगरपालिका महिला फुटबलमा १६ टिम भिड्ने
काठमाण्डौ, २० जेठ ।
आगामी जेठ ३१ गतेबाट हुने उपमेयर कप अन्तर नगरपालिका महिला फुटवलमा १६ नगरपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन। महिला फुटवललाई स्थानीय स्तरबाटै मजवुत बनाउने र प्रतिभाशाली खेलाडी छनोट गर्ने उद्देश्यका साथ अखिल नेपाल महिला फुटबल संघ (एन्फा) महिला समितिले सशस्त्र प्रहरी बल हलचोकस्थित एपिएफ फुटबल रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगितामा धनगढी नगरपालिका, विराटनगर महानगरपालिका, भिमेश्वर नगरपालिका, हेटौंडा महानगरपालिका, पनौती नगरपालिका, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, शम्भुनाथ नगरपालिका र काठमाडौं नगरपालिकाको सहभागिता रहने छ। त्यसैगरी बसागढी नगरपालिका, बाह्रविसे नगरपालिका, कावासोती नगरपालिका, विदुर नगरपालिका, चौदण्डी नगरपालिका, पोखरा महानगरपालिका, घोराही नगरपालिका र तुल्सीपुर नगरपालिकाले लिगकम नकाउटको आधारमा प्रतिस्पर्धा गर्ने भएका छन।

विजेता टिमले ५ लाख रुपैयाँ र उपविजेता टिमले ३ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ। त्यसैगरी फेयर प्ले टिमले ५० हजार, सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा अन्य विधागत खेलाडीले जनही १० हजार प्राप्त गर्ने एन्फाद्बारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रतियोगितालाई रोचक र व्यवसायी बनाउनका निम्ती सहभागी टिमले बढीमा ५ जना विभागीय वा राष्ट्रिय खेलाडीलाई सहभागी गराउन पाउने भएका छन।प्रतियोगिता सम्पन्न गर्न २८ लाख ८१ हजार ४०० रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सहभागी टिमलाई तयारी खर्च स्वरुप ५० हजार उपलव्ध गराउने निर्णय भएको एन्फा केन्द्रीय सदस्य तथा महिला फुटबल समिति संयोजक पेमा लामा (श्रेष्ठ) द्बारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रतियोगिता असार १४ गते सम्पन्न हुनेछ।

Exit mobile version