समाचार

डायमण्ड मोडलमा अभिभावक भेला सम्पन्न

डायमण्ड मोडलमा अभिभावक भेला सम्पन्न
लेखनाथ, ३२ जेठ ।
पोखरा महानगरपालिका वडा नं.३१ बेगनासतालमा रहेको डायमण्ड मोडल बोडिङमा अभिभावक भेला सम्पन्न भएको छ । कक्षा नर्सरी देखि कक्षा तिन सम्मका विद्यार्थीका अभिभावकहरु सँग एक कार्यक्रमका विच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल विक्रम सुवेदी, शैक्षिक प्रसासन प्रमुख प्रकास अधिकारी लगाएतले अभिभावकहरुले दिएको सुझावलाइ आत्मसाथ गर्दै अगामी दिनमा अध्यापन गरिने जानकारी दिंदै विद्यालयमा शिक्षकहरुको अध्यापनले मात्रै नपुगने हुनाले घरमा पनि आफ्ना वालवच्चाहरुलाइ निगरानी राख्न अभिभावकहरुलाइ आग्रह गरेका थिए ।

प्रत्येक विद्यार्थीहरुको प्रतिभा प्रफुस्टन गर्ने उद्धेश्येले हरेका शुक्रबार कक्षा गत रुपमा अतिरिक्त क्रियाकलाप गर्न लागिएको पनि शैक्षिक प्रशासन प्रमुख प्रकास अधिकारीले जानकारी दिए । सम्बन्धित कक्षाका विषय शिक्षक , अभिभावकहरुका साथै विद्यार्थीहरु सहितको उपस्थिति रहेको कार्यक्रममा अभिभावकले आफ्ना वालवालिकाहरुको पठनपाठन सम्बन्धि विविध विषयमा जिज्ञासा राखेका थिए । विषय शिक्षक तथा कक्षा शिक्षकहरुले अभिभावकहरुको जिज्ञासा मेटाउँदै वाल वालिकाहरुको मनोवैज्ञानिक अनुसार अध्यापन गरिएको र आगामी दिनमा अभिभावकहरुले दिएको सुझावलाइ मनन गरी सोही अनुसार अध्यापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: