समाचार

मणिपाल अस्पताल परिसरमै डाक्टरको गाडीको ठक्करबाट बालकको मृत्यु

मणिपाल अस्पताल परिसरमै डाक्टरको गाडीको ठक्करबाट बालकको मृत्यु
पोखरा, ७ असार ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा गाडीले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । सोही अस्पतालमा कार्यरत डाक्टर विश्वदीप तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका २८ माझठाना घर भएका ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको हो । डाक्टर तिमिल्सिनाले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई अस्पताल परिसरमा नै ठक्कर दिएको थियो ।
बालक आफ्ना बुबाआमासँग विहान ८ बजे पोखरा रानीपौवाबाट मनिपाल अस्पतालमा उपचाररत आफ्नी हजुरआमा भेट्न अस्पताल पुगेका थिए ।बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइकल लिन जाँदा बालकलाई गाडीले किचेको थियो ।
बालकको शव मणिपाल अस्पतालमा राखिएको छ । लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै बालकका आफन्तले डाक्टरलाई तत्काल कारबाही गर्न माग गरेका छन । अहिले अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ । आफन्तले गैरजिम्मेवार चालकलाई कडा कारबाही नभएसम्म मृतक बालकको शव नबुझ्ने बताएका छन्।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: