लेकसिटि हस्पिटलको अध्यक्षमा पून टुकलाल नेपाली

लेकसिटि हस्पिटलको अध्यक्षमा पून टुकलाल नेपाली
ऋषिराम रानाभाट
पोखरा, १४ अषाढ ।
पोखरा महानगरपालिका वडा नं.८ बगालेटोलमा रहेको लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा.लि.को तेस्रो साधारण स भा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अध्यक्ष टुकलाल नेपालीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले पून टुकलाल नेपालीलाइ नयाँ कार्यकालको लागि अध्यक्षमा चयन गरेको छ ।
यसै गरी सर्वसम्मत रुपमा चयन भएका सदस्यहरुमा सञ्चालक विष्णु बराल, सञ्चालक विष्णु भण्ढारी, सञ्चालक छवि गौंडेल र सञ्चालक प्रवन्धक निर्देशक विदुर त्रिपाठी रहेका छन् । यस अघि अध्यक्ष टुक लाल नेपालीको अध्यक्षको प्रतिवेदन, प्रबन्धक निर्देशक विदुर त्रिपाठीको लेखा प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष थम प्रसाद सेरचन, शेयर धनिको तर्फबाट गणेश श्रेष्ट लगाएतले हस्पिटलका वारेमा चर्चा गरेका थिए ।
सञ्चालक विष्णु प्रसाद बरालले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए भने सञ्चालक विष्णु भण्ढारीले कार्यक्रम सञ्चालन गरेको कुरा गाउँले मिडियालाइ प्रवन्धकन निर्देशक विदुर त्रिपाठीले जानकारी दिए ।