लायन्स क्लब अफ वेगनास तालनगरीको पद हस्तान्तरण

लायन्स क्लब अफ वेगनास तालनगरीको पद हस्तान्तरण
ऋषिराम रानाभाट
लेखनाथ, २६ अषाढ ।
लायन्स क्लब अन्तराष्ट्रिक ३२५ वी १ अन्तर्गत रहेको लायन्स क्लब अफ वेगनास तालनगरीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१८÷१९ का अध्यक्ष सागर लामिछानेले वर्ष १९÷२० का अध्यक्ष केशव राज तिवारीलाइ अध्यक्षको पद हस्तान्तरण गरे । त्यस्तै गरी सचिव विदुर त्रिपाठीले वर्ष १९÷२० का सचिव त्रिलोचन लामिछानेलाइ निर्णय पुस्तिका हस्तान्तरण गरे । यसै गरी कार्यक्रममा वर्ष १८÷१९ को क्लबको आय व्ययको आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित भएको र उक्त प्रतिवेदन अध्यक्ष लामिछानेले वर्ष १९÷२० का कोषाध्यक्ष अरुण चन्द्र सुवेदीलाइ हस्तान्तरण गरेका थिए
यस अघि कार्यक्रममा संस्थापक अध्यक्ष ऋषिराम रानाभाट, पूर्व अध्यक्ष रामचन्द्र रानाभाट लगाएतले आफ्नो कार्यकालमा सामाजिक तथा मानविय सेवका कार्यहरु गर्दै क्लबलाइ थप नयाँ उचाइमा पु¥याउन सफल वर्ष १८÷१९का अध्यक्ष लामिछानेलाइ हार्दिक धन्यवाद दिंदै वर्ष १९÷२० अध्यक्ष केशवराज तिवारीको कार्यसमितिलाइ सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा स्वागत गर्दै अध्यक्ष सागर लामिछानेले आफ्नो कार्यकालमा सम्पादन भएका कार्यक्रमको जानकारी गराउँदै सहयोग गर्ने सबैलाइ धन्यवाद गरेका थिए भने वर्ष १९÷२० का अध्यक्ष केशव राज तिवारीले क्लका अग्रज लायन लिडरहरुको सल्लाह सुझाव अनुसार सबैलाइ समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने कार्यक्रमको सन्चालन सचिव विदुर त्रिपाठीले गरेका थिए । यसै गरी सोही कार्यक्रममा लायन राजेन्द्र लामिछानेको जन्म दिनको दिवस समेत मनाइएको सचिव त्रिलोचन लामिछानेले जानकारी दिएका छन् ।