समाचार

त्रिभुवन शान्ति मा.वि.मा निबन्ध प्रतियोगिता सम्पन्न

लेखनाथ , साउन २४।
पोखरा महानगरपालिका वडा नं.३० खुदी ढुंगेपाटानमा रहेको त्रिभुवन शान्ति नमुना मा.वि. “आदर्श विदयालय” शीर्षकमा अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको स्वर्ण महोत्सवको तयारी स्वरुप गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, कार्यक्रमका सभा अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपिराज पौडेल, विद्यालयका प्रधानाध्यापक मित्रलाल सापकोटा र पोखरा, लेखनाथ क्षेत्रका विभिन्न विदयालयका प्रतिनिधि एवम् सहभागीहरुको उपस्थिति रहेको थियो ।
उक्त निबन्ध प्रतियोगितामा २४ प्रतियोगी मध्ये ब्रह्मरुपा मा. वि. कक्षा १२ का युइल त्रिपाठी प्रथम, त्रिभुवन शान्ति नमुना मा.वि कक्षा १० का वसन्त सापकोटा द्वितीय , न्यू लाईट मा. वि.की सुशिला कुमारी ठाकुर तृतीय र सरस्वती टीका मा. वि.का बिकेस सुनारले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । कार्यक्रमको संयोजकत्व जुना ढकाल र कार्यक्रम सञ्चालन रामचन्द्र भण्डारीले गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: