मनोरञ्जन

त्रिवेणी पब्लिक माविमा स्वागत कार्यक्रम सम्पन्न

पोखरा, साउन २९ ।

त्रिवेणी पब्लिक मावि पोखरा–२७ मा कक्षा ११ का नवअगन्तुक विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमका विच स्वागत गरिएकोे छ ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङले विद्यार्थीहरुका लागी प्राविधिक शिक्षाको आवश्यकता रहेको वताउँदै त्यस किसिमको शिक्षा महङ्गो पर्न जाने भएपनि त्यसको विकल्पको रुपमा हरेक विद्यालयहरुले अतिरिक्त कक्षा सञ्चालन गरेर व्यवहारिक शिक्षा दिन सकिने वताए ।

वडाध्यक्ष गुरुङले विद्यार्थीहरुलाई विकृति, विसंगति र लागुपदार्थ दुव्र्यसन बाट टाढा रहन आग्रह गर्दै समाज रुपान्तरणको संवाहक बन्न आग्रह गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख डिएसपी मोहन ब. खाँणले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुको उज्जवल शैक्षिक भविष्यको कामना गर्दै विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउन शैक्षिक संस्था, त्यहाँको शैक्षिक वातावरणका साथसाथै अभिभावकहरुको पनि उत्तिकै महत्वपुर्ण भुमिका रहने वताएका थिए ।

यस्तै सामाजिक क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेर विषेश योगदान पुर्याए वापत वेगनास युवा क्लवका अध्यक्ष राम ब. रानाभाट र राईजिङ स्टार युुथ क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्रमणि पौडेलले विद्यालयमा पालना गर्नुपर्ने अनुशासन एवं अन्य नियमहरुको बारेमा जानकारी गराएका थिए भने वेगनास युवा क्लवका अध्यक्ष राम ब. रानाभाट, राईजिङ स्टार युुथ क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङ, लेकसिटि युथ क्लवका अध्यक्ष अर्जुन भण्डारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयको तर्फबाट १०+२ का संयोजक गोविन्द भण्डारी र विद्यार्थीहरुको तर्फबाट कक्षा १२ कि विद्यार्थी दुर्गा ढुंगानाले गरेकी थिईन । कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक सदस्य प्रकाश सुवेदी र विद्यार्थीहरु दिपेश थापा र दिक्षा शाहले गरेका थिए ।

२०५२ सालमा स्थापित त्रिवेणी पब्लिक माविले २०६८ सालबाट १०+२ को पढाई सञ्चालन गरेको थियो । यसैवर्षबाट आफ्नै भवनबाट पठन पाठन सञ्चालन गर्दै आएको विद्यालयमा यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्नका लागि १५० जना विद्यार्थिहरु भर्ना भएको विद्यालयका प्राचार्य राजेन्द्रमणि पौडेलले जानकारी दिए ।

विद्यालयले व्यवस्थापन र होटल व्यवस्थापन संकायमा १०+२ का कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: