
ऋषिराम रानाभाट
लेखनाथ, भदौ १ ।
पोखरा महानगरपालिका वडा नं.२७ तालचोकमा रहेको नेशनल एफ एम ८८ं२ मेगाहर्जले पाँचौ तिज गीत प्रतियोगिता गर्ने भएको छ । पोखरा महानगरपालिकामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडियोहरुमा उत्कृष्ट भित्र पर्न सफल नेशनल एफ. एम. ८८.२ मेगाहर्ज ( मन जित्नु छ संगितले , सुसचेत गराउनुछ सुचनाले , स्थानिय आवाज, राष्ट्रिय भावना ) भन्ने मुल नाराका साथ स्थापना भई सञ्चालनमा आएको एफ एम ले विगतका वर्ष जस्तै यस वर्ष पनि हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा पाँचौ तिज गीत प्रतियोगिता गर्ने भएको हो ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि कला संस्कृति र साहित्यलाई संरक्षण एवं सम्बद्र्धन गर्नुका साथै प्रतियोगात्मक भावनाको विकास गरेर संस्कृतिमा टेवा पुर्याउँदै स्थानिय कलाकारको समेत सम्मान गर्ने उद्धेश्यले नेशनल एफ. एम. ले नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिजको अवसरमा तिज गीत प्रतियोगिता २०७६ को आयोजना गरिएको संस्थाका अध्यक्ष सूर्यनारायण बरालले बताए । प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार र प्रमाण पत्र, द्धितिय पुरस्कार ८ हजार र प्रमाण पत्र , तृतिय पुरस्कार ४ हजार र प्रमाण पत्र र सान्त्वना पुरस्कार २ हजार र प्रमाण पत्र रहेको प्रतियोगिताका संयोजक सन्दिप पौडेलले बताए । नेपालीको मौलिक संस्कृति, रितिरिवाजको संरक्षण र सम्वभद्र्धनका लागि प्रतियोगितामा सहभागीताका लागि एफ एम स्टेशन प्रमुख रामशरण नेपालीले आग्रह गरेका छन् ।