समाचार
नहरचोक नमुना टोलविकास संस्थाद्धारा वृद्धाश्रममा सहयोग

ऋषिराम रानाभाट
वेगनासताल, भदौ २ ।
पोखरा महानगरपालिका वडा नं.३१ नहरचोक स्थित नहरचोक नमुना मार्ग टोलविकास समितिले आफ्नो वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका २७ सहलेपाखामा कृष्ण प्रणामि वृद्धा श्रममा खाध्यान्न सामग्रीहरु वितरण गरेको छ । स्थापनाकालको छोटो सयमा नै विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरुमा सक्रिय रहँदै आएको समितिले दैनिक उपभोग्य खाद्यान्य समाग्रीहरु, फलफुल लगाएतका समानहरु वितरण गरिएको हो । समितिका अध्यक्ष सुधा थापा बरालले वृद्धवृद्धाहरुलाइ आफ्नो संस्थाबाट थोरै भए पनि दैनिक उपभोग्य खाद्यान्न सामग्री वितरण गर्दा धेरै खुशी लागेको बताउँदै वृद्ध वृद्धाहरु, असाय, वालवच्चाहरुलाइ सहयोग गर्नु नै मानविय धर्म हुने बताइन् ।