समाचार

त्रिभुवन शान्तिमा स्वर्णमहोत्सव तयारी तिब्र

त्रिभुवन शान्तिमा स्वर्णमहोत्सव तयारी तिब्र
लेखनाथ, २८ भदौ ।

पोखरा महानगरपालिका वडा नं.३० मा रहेको त्रिभुवन शान्ति माविमा स्वर्ण महोत्सको तयारीलाइ तिब्र पारिएको छ । यसै गरी स्वर्ण महोत्सवको तयारी स्वरुप विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको त्रिभुवन शान्ति नमुना मा.वि.मा स्वर्ण महोत्सव मूल आयोजक समितीको वैठक, छलफल एवम् अन्तरक्रिया कार्यक्रम साथै अन्तर माध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपिराज पौडेल, पूर्व अध्यक्ष दुर्गा न्यौपाने र पूर्व प्र.अ.डिल्लिराम पौडेल, पूर्व जि.शि.अ.केशरीरमण न्यौपाने वडा नं ३० कांग्रेस नेता दुर्गा सुबेदि, वडा नं ३० नेपाल कम्युनिष्ट पार्टि अध्यक्ष कृष्ण अधिकारी छिमेकी विद्यलयका प्र. अ. रबिन्द्र भट्टराई लगायतका वुद्धिजिवी, अभिभावक एवम् शुभचिन्तकहरुले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य सहायक प्र.अ. लोकराज ढकाल साथै धन्यवाद ज्ञापन प्रदीप न्यौपानेले गरेका थिए । यही मंसिर १ मा समापन गर्ने गरि वैशाखदेखि विभिन्न अन्तरमाध्यमिक विद्यालय स्तरीय कार्यक्रमहरुमा पोखरा, लेखनाथ क्षेत्रका विभिन्न विद्यालयहरुको उल्लेख्य मात्रामा सहभागिता रहदै आइरहेको छ । सबैको साथ र सहयोगले ास्वर्ण महोत्सव भव्य र सभ्य ढंगले मनाउने भेलाको निष्कर्ष थियो ।

माविस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
यसै गरी सोही विद्यालयमा दिवा कार्यक्रम अन्तर माध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । १६ वटा विद्यालयबाट सहभागी भएका मध्ये सिद्धिविनायक बोर्डिङ की सोसीमा घले प्रथम, गोगन मा. वि.का चित्र बहादुर रानामगर द्वितीय, त्रिवेणी पब्लिककी मलिना गुरुङ्ग तृतीय र जन प्रकाश मा. वि.का अर्जुन परियार सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । यस अघि पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, विद्यालय व्यवस्थापन समिति सदस्य विष्णुमाया पौडेल, विद्यालयका प्रधानाध्यापक मित्रलाल सापकोटा, शिक्षक प्रतिनिधि प्रदिप न्यौपाने र भू . पू . विद्यार्थी मञ्चका उपाध्यक्ष डिल्लीराम बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको संयोजकत्व दिपेन्द्रराज अधिकारी र कार्यक्रम सञ्चालन १०+२ संयोजक रामचन्द्र भण्डारीले गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: