समाचार
गण्डकी प्रदेशमा घटस्थापनाको दिन सार्वजनिक बिदा

पोखरा, १० असोज ।
गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । केन्द्र सरकारको निर्णयबाहेक प्रदेश सरकारलाई थप ६ दिन बिदा गराउन पाउने सुविधा छ। घटस्थापनाको दिन बिदा दिने निर्णय चौथौ हो। यसअघि माघे संक्रान्ति, ल्होछार लगायतमा पर्वमा बिदा दिइएको थियो।