स्वास्थ्य

लेकको जडिबुटी च्याङ्ग्रामा पाइने

ऋषिराम रानाभाट
पोखरा, १५ असोज
नेपालीको महान चाड विजया दशमी नजिकिदै गर्दा पोखरामा भेडा च्याङ्ग्रा भित्रिनी क्रम सुरु भएको छ । देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा दार्चुला, बझाङ, डोल्पा , मुस्ताङ लगाएत विभिन्न हिमाली क्षेत्रबाट भेडा च्याङ्ग्रा विक्रीवितरणका लागि ल्याइएका छन् ।पोखराको टुंडिखेल देखि यामदी पुल सम्मका स्थानमा भेडा च्याङ्ग्रा वर्षैपिच्छे विक्रिका लागि राखिएको पाइन्छ ।
यसै गरी विगत १५ वर्ष देखि भेडा च्याङ्ग्राको व्यवसाय गर्दै आएका डोल्पा निवासी सुन बहादुर बुढा र प्रेम बुढाले मुस्ताङबाट च्याङ्ग्रा खरीद गरी ल्याएको बताए । वर्षाको कारण बाटोमा बाढी, पहिरोले पोखरा सम्म ल्याइपु¥याउन निकै कठिन भएको सुन बहादुरले बताए । पोखरा सम्म ल्याइपु¥याउन ७ दिन लागेको पनि बताए ।
च्याङ्ग्रा खरिद गरी ल्यााउँदा कर्णाली गाउँपालिकालाइ प्रति गोटा रु २० रुपैयाँ कर बुझाउनुपर्ने र भेट्नरीलाई प्रति गोटा रु १५ बुझाउनुपर्ने बताउँदै यहाँसम्म ल्याइपु¥याउँदा महङ्गो पर्न गएको उनले बताए । उनका अनुसार हिमाली क्षेत्र विशेष गरी डोल्पामा पालिएका भेडा च्याङ्ग्राले यार्सा गुम्बा लगाएत औषधीका रुपमा प्रयोग गरिने विभिन्न जडिबुटी खाएको हुन्छ । विशेष गरी मासु खानको लागि डोल्पामा पालिएको च्याङ्ग्रा स्वास्थ्यका लागि निकै राम्रो हुने बुढालेब बताए ।
खाध्यसंस्थानले च्याङ्ग्राको मूल्य प्रति केजी रु ७ सय ५० निर्धारण गरे पनि उक्त रकम भन्दा धेरै बढी मूल्य भएको स्थनियहरुले गाउँले मिडियालाइ बताए ।

Related Articles

Back to top button
%d bloggers like this: