बेगनासमा यात्रुवाहक वस दुर्घटना (घाइतेको नाम सहित)

ऋषिराम रानाभाट
लेखनाथ, असोज १७ ।
पोखरा महानगरपालिकावडा नं.३१ त्रिसुलीडाँडामा यात्रुवाहक बस शुक्रबार विहान करिब १० बजे दुर्घटना भएको छ । वेगनास बाट पोखरा तर्फ आइरहेको ग.१ख.४७७१ नं.को बस करिब ६० मिटर तल खसेको हो ।
दुर्घटना हुँदा करिब ३० जना घाइते भएको बताइएको छ । घाइते हुनेहरुमा मनिषा कंडेल, सुकदेव सापकोटा, रामबहादुर परियार, ज्योती नेपालीपूर्ण बहादुर क्षेत्री रहेका छन । यसै गरी घाइते हुनेहरुमा दुर्गा तिवारी, सुनिता सापकोटा, सिर्जना सुनार, सारदा सापकोटा, अन्जना सापकोटा, मैया थापा, सावित्रीअधिकारी, सविता रानाभाट, ईन्द्रा कंडेल, गोविन्द विक, रेजिना सुनार,अशोक सुनार, सीता सापकोटा, विष्णु तिवारी, राधिका नेपाली,कमला पौडेल अधिकारी, रीता सापकोटा, , सोविता रानाभाट, विपिन रानाभाट, प्रकाश बहादुर परियार, अनुपा बस्नेत , स्वरुप रानाभाट, कमलराजकंडेल, दिपशीखा बसौला, मन्ना गुरुङ, सुनिता परियार, विकास परियार, रामजीभुजेल, करीना भुजेल, यदुनाथ पाण्डे घाइते भएका छन् । घाइतेहरुको धेरै जसोको हात, टाउकोमा चोट लागेको बताइएको छ भने सबै घाइतेहरु पोखरा महानगरपालिका वडा नं.३१ वेगनास निवासी रहेको बताइएको छ ।
घाइतेहरुको उपचार लेखनाथ सामुदायिक अस्पताल, पोखराको मणिपाल अस्पताल, मेट्रसिटी अस्पताल र शिशुवा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले बताएको छ । दुर्घटनाको कारण अनुसन्धान भइरहेको हंसपुर इलाकाप्रहरी कार्यलय डाँडाको नाक डि एस पी मोहनबहादुर खाँडले बताए ।