समाचार

देशमा विधिको शासन सुरु भएको ः सघिय सांसद अधिकारी

ऋषिराम रानाभाट
लेखनाथ, २० असोज । कास्की क्षेत्र नं १ का संघिय सांसद खगराज अधिकारीले देशमा नियम, पद्धति, कानून , विधिको शासनको सुरुवात भएको बताए । लायन्स कलब अफ लेखगनाथ , लायन्स क्लब अफ सिमसार, लायन्स क्लब अफ लेखनाथ सिटी , लायस्न क्लब अफ लेखनाथ मेट्रोसिटी, लायन्स क्लब अफ लेखनाथ बैंकरस, लायन्स क्लब अफ लेखनाथ टायउन र लियो क्लब अफ लेखनाथद्धारा विजया दशमीको अवसरमा आयोजित संयुक्त शुभकामना आदन प्रदान कार्यक्रममा सांसद अधिकारीले सो कुरा बताए । विधिको शासनमा कसैलाई पनि छुट नहुने भन्दै नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियानलाइ सार्थक बनाउन सोही अनुसार आफ्ना सामाजिक तथा मानविय सेवाका कार्यहरुलाइ अगाडि बढाउन लायन्स कलबलाई आग्रह गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी प्रदेश सांसद दिपक कोइराला, लायन्स कलब अन्तरािष्ट्रय डिष्ट्रिक ३२५ वि १ नेपालका क्याविनेट सेक्रेटरी विनोद ढुंगाना, लेखनाथ उद्योग वाणिज्य संघका बलराम ढकाल, लायन्स क्लब अफ लेखनाथका संस्थापक अध्यक्ष चतराखर अधिकारी, डिष्ट्रिक एड्भाइजर मेजर राम प्रसाद गुरुङ लगाएतले नेपालमा मनाइने विभिन्न चाडपर्व एकता र सद्भावको चाड बन्नुपर्नेमा जोड दिंदै शुभकामना व्यक्त गरेका थिए ।  लायन्स क्लब अफ लेखनाथका अध्यक्ष बुद्धि प्रसाद बास्तोलाले लायन्स क्लब अफ लेखनाथले सामाजिक तथा मानविय सेवाका क्षेत्रमा सम्पादन गरपेका कार्यक्रमहरुको वारेमा जानकारी दिंदै डिष्ट्रि गभर्नरको थिम शसक्तिका लागि जागौं भन्ने थिममा आधारित भएर ५ जना लाइ फाइबर इन्टरनेटको तिन महिने निशुल्क तालिमको व्यवस्था गरेको बताए । यसै गरी आथिएक रुपमा विपन्न विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण गरिएको पनि सो अवसरमा बास्तोलाले बताए । आगामी दिनमा पनि बाँकी रहेका कार्यहरुलाई सम्पादन गर्दै जाने उनले बताए । लायन्स क्लब अफ सिमसारका अध्यक्ष मायाँ बरालले धन्यवाद ज्ञापन गरेकी थियन् भने लायन्स क्लब अफ लेखनाथका सचिव कृष्ण प्रसाद तिमिल्सिनाले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: