खेलकुुद
आईसीसीद्धारा नेपालको निलम्बन सशर्त फुकुवा

२७ असोज, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले नेपालको निलम्बन सशर्त फुकुवा गरेको छ । सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो ।
आईसीसीले नेपाललाई २०१६ मा निलम्बन गरेको थियो । यो निलम्बनपछि उसकै अगुवाईमा विधान संशोधन हुनुका साथै हालै भएको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनाएको थियो ।
यसले निलम्बन फुकुवाको बाटो खुला गरेको थियो । आईसीसीका अध्यक्ष शशांक मनोहरले भने, ‘नेपालमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसिएट सदस्यताको सबै मापदण्डहरु पालना गर्न नेपाल क्रिकेट संघको संक्रमणकालीन योजना बनाइनेछ, जसमा नियन्त्रित फण्डिङ पनि हुनेछ ।’