वुद्धोदय माध्यमिक विद्यालय र यूके विद्यालय विच भगिनी मितेरी सम्बन्ध

ऋषिराम रानाभाट
पोखरा, ५ कार्तिक ।
क्व्होलासोधार गाउँ पालिका वडा नं.९ स्थित वुद्धोदय माध्यमिक विद्यालय र यूके मा रहेको एम्प्लीफोर्थ कलेज युके विच भगिनी मितेरी सम्बन्ध भएको छ । यूकेको एम्प्लीफोर्थ कलेजका ५ जना शिक्षक र २५ जना विद्यार्थीहरुले गिलुङमा रहेको वुद्धोदय विद्यालयमा भ्रमण गरेका थिए । उक्त अवसरमा विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ , अभिभावकहरुले एक कार्यक्रमका विच भ्रमण टोलीलाई स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा पाहार ट्रस्ट पोखरा नेपालका अध्यक्ष चन्द्र बहादुर गुरुङ, गिलुङ यूके समाजका अध्यक्ष नन्द प्रसाद गुरुङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । यसै गरी एम्प्लीफोर्थ कलेज युकेका टिम लिडर मेजर माइलस व्यालकफर्डले विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित स्वागत गरेकोमा खुशी व्यक्त गर्दै दुइ विद्यालयको भागिनी मितेरी सम्वन्ध अझ थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम , स्थानिय घाँटु नाच, कृष्ण चरित्र, भजन चुट्का, पञ्चेबाजा सहित झाँकीहरु समेत प्रदर्शन गरिएको स्वागत कार्यक्रमको सन्चालन शिक्षक डिल बहादुर गुरुङले गरेका थिए भने विद्यालयका प्रधानाध्यापक रुद्रमान गुरुङले स्वागत एवम् कार्यक्रमका वारे प्रकाश पारेको कुरा शिक्षक मित्रलाल बास्तोलाले गाउँले मिडियालाई जानकारी दिए ।