खेलकुुद

माझठानामा हुने वडास्तीय भलिबल प्रतियोगिताको तयारी पुरा

आज देखि सुरु हुँदै

ऋषिराम रानाभाट
पोखरा, ६कार्तिक ।  पोखरा महानगरपालिका वडा नं.२८को ढुङ्गेथानमा हुने वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । थमन परियार स्मृति प्रतिष्ठान नेपालको आयोजना र पोखरा महानगरपालिका वडा नं.२८को सह–आयोजनामा आज कार्तिक ६ गते देखि ८ गते सम्म सन्चालन हुने वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष लाल मोहन तिवारीले जानकारी दिए ।

थमन पयिारको १५ औं स्मृती दिवसका अवसरमा आयोजित भलिबल प्रतियोगिता एवम् थमन परियार स्मृतिको नाममा नव निर्मित खेल मैदानको उद्ध्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसूब्बा गुरुङले गर्ने कार्यक्रम संयोजक मनमहोन अधिकारीले पजानकारी दिए । समाज परिवर्तन र शहीद प्रतिको सम्मान र खेलकुदको विकास र विस्तारमा सहयोग पु¥याउने उद्धेश्येले आयोजना गरिएको भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ वटै वडाहरुको सहभागीता रहने जानकारी दिंदै प्रतियोगिताको विजेताले नगर रु १ लाख एक हजार एक सय एघार, उपविजेताले रु ५० हजार पाँच सय पचपन्न साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक अधिकारीले बताए । उन्कृष्ट खेलाडी, वेस्ट प्लेयर, वेस्ट व्लकर, वेस्ट सेटर, वेस्ट क्वीक र वेस्ट सर्भरलाई समेत पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: