वडास्तीय भलिबल प्रतियोगिताको उपाधि वडा नं.३१ लाई

ऋषिराम रानाभाट
पोखरा, ८ कार्तिक ।
पोखरा महानगरपालिका वडा नं.२८को ढुङ्गेथानमा सम्पन्न भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी पोखरा महानगरपालिका वडा नं.३१ले हात पारेको छ । पोखरा महानगरपालिका वडा नं.२३ र ३१ विच शुक्रबार भएको अन्तिम प्रतिष्पर्धामा विजेता वडा नं.३१ ले नगद रु १ लाख एक हजार एक सय एघार साथमा ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता वडा नं. २३ भदौरे तामागीले रु ५० हजार पाँच सय पचपन्न साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
थमन पयिारको १५ औं स्मृती दिवसका अवसरमा समाज परिवर्तन र शहीद प्रतिको सम्मान र खेलकुदको विकास र विस्तारमा सहयोग पु¥याउने उद्धेश्येले आयोजना गरिएको भलिबल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै, माहानगरको निति अनुसार वडालाई खेल क्षेत्रको विकास गर्दै राष्ट्रिय स्तरको खेलाडि उत्पादन गर्न वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसै गरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीका सदस्य सूर्य प्रकाश तिवारी, नर बहादुर नेपाली, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा नं.२८ का अध्यक्ष भोला नाथ त्रिपाठी लगाएतले बोलेका थिए। कार्यक्रममा उत्कृष्ट झाँकी ¥यालीमा प्रथम हुने देउराली आमा समूह ओख्लेलाई रु ५ हजार, द्धितिय हुने गाउँ सुधार आमा समूह सुर्के मैदान विमिरेपानीलाई ३ हजार , तृतिय हुने श्यांखुदी सिर्जनसिल आमा समूहलाई २ हजार र सान्त्वना ज्यामिरे तमु आमा समाजलाई १ हजार पुरस्कार प्रदान गरिएको थियो भने डोलमा वेत्यानी राम्चे नौरुङलाई ३ हजार प्रदान गरिएको थियो । संयोजक मनमोहन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिव बुद्धिनाथ तिमिल्सिनाले गरेको कुरा थमन परियार स्मृति प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीले जानकारी दिए ।