मनोरञ्जनरोचक

महाँआरती एवम् लक्ष्यवर्ति प्रज्वलन कार्यक्रम सम्पन्न

ऋषिराम रानाभाट
पोखरा, ११कार्तिक ।
पोखरा महानगरपालिका वडा नं.३० र ३१ को सिमाना माहोरियाको शिव मन्दिरमा महाँआरती एवम् लक्ष्यवर्ति प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । उमामहेश्वर मन्दिर व्यवस्थापन समिति, उमा महेश्वर शान्ति टोल विकास संस्था , शिवालय टोल विकास संस्था, सहनसिल महिला विकास समूहको संयुक्त आयोजनामा सम्पन्न भएको महाँआरती एवम् लक्ष्यवर्ति प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्री भण्ढारीले यस्ता धार्मिक कार्यले सबै नेपालीलाई एकताबद्ध भई समृद्ध नेपालको बाटोमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउँदै यस्ता कार्यले नेपाली समाजको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
नेपाल भेजिटरीयन सोसाइटी महानगर समितिका अध्यक्ष राम मणी अधिकारीले कार्यक्रम माथि प्रकाश पारेका थिए भने अर्जुन बञ्जराले स्वागत गरेका थिए । उमा महेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्द प्रसाद तिावरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन नेपाल भेजिटरीयन महानगर समितिका सदस्य भरत तिवारीले कार्यक्रम सन्चालन गरेका थिए । दीप प्रज्वलनका प्रवद्र्धक प्रवर्तक भेजिटरीयन सोसाइटी महानगर, बेगानसाताल महाआराती अभियान समिति रहेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: