आनन्दित गृह नेपालले सांगीतिक साँझ गर्ने

पोखरा, १८ कार्तिक ।
आनन्दित गृह नेपालले आगामी शनिबार सांगीतिक साँझ गर्ने भएको छ । ज्येष्ठ नागरिकको संरक्षण गर्ने उदेश्य राखेर पोखरा १२ माटेपानीमा स्थापना भएको गैह्र सरकारी सामाजिक संस्था आनन्दित गृह नेपालले ज्येष्ठ नागरिक मैत्री भौतिक संरचना निमार्णको लागि कार्तिक २३ गते शनिबार सांगीतिक साँझ गर्न लागेको आईतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
लेक साइडको रोलिङ्घ स्टोन रक बारमा कार्तिक २३ गते शनिबार दिउसो ३ बजे देखि साँझ ७ सम्म सांगीतिक कार्यक्रम हुने संस्थाका अध्यक्ष डाक्टर यज्ञमान शाक्यले जानकारी दिए । विगत ६ वर्ष देखि बृद्धहरुलाई सेवा दिदै आइरहेका आनन्दित गृहले बृद्धहरुको दैनिक जिवन सहज बनाउन उक्त भौतिक संरचना थप गर्न परेको अध्यक्ष शाक्यले बताए । कार्यक्रममा नेपाल कै चर्चित गायक सोनुप पौडेल,सीमा संगौला,अष्टेलियामा बसोबास गर्ने ख्याती प्राप्त कलाकार केनेड प्रधान लगायतको सांगीतिक प्रस्तुती रहने सांगीतिक कार्यक्रम संयोजक हेम पुनले जानकारी दिए ।
कार्यक्रममा खर्च कटाएर ४ लाख बच्ने आयोजक अपेक्षा रहेको छ । यही कार्यक्रमको लागि अहिले सम्म छिमेकी र लोकमान गुरुङ्घको तर्फ बाट ५० हजार,झलकलाल र सबिना श्रेष्ठको तर्फबाट २० हजार,विष्णु कुमार गुरुङ,स्मार्ट ओपन एकेडेमी र डाक्टर सुमेरन श्रेष्ठ बाट १०र१० हजार प्राप्त भईसकेको सचिव रोमा राउत शाक्यले बताइन् ।