समाचार

भरतपुर २४ कोठीमा नेविसंघको विरोध जुलुस(with video)

भरतपुर, २६ कार्तिक ।
भारतले नेपाली भू–भागलाई आफ्नो नक्सामा समावेश गरेको विरोधमा भरतपुर महानगरपालिका वडा नं. १० भरतपुर २४ कोठीमा नेपाली कांग्रेस सम्बध ने.वि.संघले विरोध गरेको छ । सिमा मिच्न पाइदैन, कालापानी हाम्रो हो, लिमुलेक हाम्रो हो , गो व्याक इन्डिया जस्ता नारा लगाएका थिए ।
विरोध जुलुसको कोण सभालाई नेविसंघका महासचिव परमेश्वर खनाल र पुर्व केन्द्रिय सदस्य प्रमिला पौडेलले भारतले भर्खरै जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लुपिलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै भरतपुर सहित देशभरका विद्यार्थी आन्दोलित भएको भन्दै राष्ट्रिताको लागि सबै राजनितिक दल, विद्यार्थीहरु सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: