ऋषिराम रानाभाट
लेखनाथ, २८ कार्तिक ।
महोत्सको पनि महोत्स लेखनाथ महोत्सवको तयारीलाइ तिब्र पारिएको छ । एड्भान्स सिमेन्ट मूख्य प्रायोजकमा रहेको १६ औं संस्करणको लेखनाथको महोत्सब आगामी पुष ३ गते देखि १५ गते सम्म हुने भएको हो । महोत्सव लेखनाथको संस्कृति , स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने नाराका साथ आयोजना गरिएको १६ औं संस्करणको महोत्सवालाई सफल बनाउन विभिन्न उपसमिति गठन गरी तयारीलाई तिब्र पारिएको छ । यसै विच प्रचार प्रसार उपसमितिको प्रथम चरणको बैठक उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) को अध्यक्षतामा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा स्टल निर्माण, स्थायी रुपमा स्टेज निर्माण, वालद्यान तयारी तिब्र रुपमा अगाडि बढाइएको सुवेदीले जानकारी दिए । करिब ३ सय वटा स्टल रहने १६ औं संस्करणमा लेखनाथ उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी व्यवसायीहरुलाई स्टल बुकिङ खुला भएको र मंसिर १ गते देखि सबै उद्योग व्यवसायिहरुलाई खुला गरिने उनले बताए। लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृणहरी भण्ढारीले लेखनाथ उद्योग वाणिज्य संघले आयोजन ागर्ने लेखनाथ महोत्सबालाई सफल पार्न सन्चारकर्मीहरुको ठूलो भूमिका हुने बताउँदै सबै उद्योगी व्यवसायीहरुलाई मिडिया मार्फत एकताबद्ध बनाई महोत्सबलाई सफल बनाउन पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सचिव राम प्रसाद तिमिल्सिना, लेखनाथपत्रकार मञ्चका अध्यक्ष भिमपाणी बराल, सचिव विष्णुहरी पौडेल लगाएतले लेखनाथ महोत्सबालाई सफल बनाउन सुझाव दिएका थिए ।