लेखनाथ, १७ मंसीर ।
आगामी पौषको पहिलो साता देखि तालचोकमा संचालन हुने १६ औं सस्करणको लेखनाथ महोत्सवमा यो वर्ष स्थायी स्टेजबाट कार्यक्रम संचालन गरिने भएको छ । संघले १० वर्षका लागी भाडामा लिएको करिव ४० रोपनी क्षेत्रफल भित्र फौलीएको जग्गामा यो वर्ष करिव १८ लाखको लागतमा स्थायी स्टेज बनाएर महोत्सव संचालन गर्ने तयारी गरिएको निर्माण उप समितिका संयोजक ध्रुवबाबु भटराईले जानकारी दिएका छन् ।
महोत्सव तथा अन्य कार्यक्रमहरुमा प्रयोग हुन सक्ने गरि निर्माण गरिएको आधुनिक र ब्यवस्थीत स्टेज भित्र शौचालय र श्रृगान कोठा समेत रहने भएको छ । यसै विच महोत्व स्थलमा स्टल निर्माणको काम पनि तिव्र गतिमा अगाडी वढेको छ भने यस बर्षका लागि निर्माण हुने करिव तीन सय ३१ स्टल मध्य मंगलवार सम्ममा करिव ९० प्रतिशत स्टल बुक भईसकेका र अन्य स्टलहरु बुकिङको क्रममा रहेका स्टल निर्माण उप समितिका संयोजक भीमबहादुर नेपाली काईलाले जानकारी दिएका छन् ।