खेलकुुदरोचक

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुलिस–हिमालयन शेर्पा बराबरी

एनआरटीको उत्कृष्ट सुरुआत

काठमाडौं, पुस १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले अंक बाँड्दै लिगको सुरुआत गरेका छन् । मंगलबार दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । खेलमा पुलिसका केही गोल गर्ने अवसरलाई हिमालयनका गोलकिपर किशोर गिरीले विफल पारेका थिए ।

एनआरटीको विजयी सुरुआत

यसअघि, मंगलबारै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेल जित्दै न्यूरोड टिम (एनआरटी)ले विजयी सुरुआत गरेको छ ।

न्यूरोडले सरस्वती युथ क्लबलाई ४–० को फराकिलो अन्तरले हराएको हो । सरोज तामाङले दुई तथा जुनियर ओन्गुएन र जोर्डन एनडेम्बाले एक/एक गोल गरे । गएको शनिबारदेखि सुरु भएको लिगको नयाँ संस्करणमा यसअघि च्यासल युथ क्लब, त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबले सुखद सुरुआत गरेका थिए । संकटा क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले भने हारबाट अगाडि खेल्न थालेका छन् । १४ टोली सहभागी लिग आउँदो फागुन ३ गतेसम्म चल्नेछ ।

Related Articles

Back to top button
%d bloggers like this: