
पोखरा, २ पुष ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वार्षिक रुपमा पोखरामा आयोजना हुदै आएको अन्तर्रा्ष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गरेका छन् ।
भूतपूर्व खेलाडी मंच नेपालले बुधबार पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले पोखराको राम्रो इभेण्टको रुपमा संचालन भएको पोखरा म्याराथनलाई सफल पार्न आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गरेका हुन् । आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्रा्ष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न आवश्यक पर्ने बजेट व्यवस्थापन गर्नको लागि सम्बन्धित मन्त्रालयसम्म समन्वय गरी दिने मन्त्री विश्वकर्माले आश्वासन दिएका हुन् ।
१३ औं साग बाहिरी रुपमा भव्य रुपमा सफल भएको देखिए पनि भित्रि रुपमा धेरै समस्याका बाबजुद सफल भएको उनले जनाए । बजेटको अभाव हुदा हुदै नेपालको इज्जत र प्रतिष्ठाको लागि आफुहरुले जोखिम मोलेरै सम्पन्न गराएको मनत्री विश्वकर्माले बताए ।