मनोरञ्जनअर्थ खबररोचक

लेखनाथ महोत्सवमा २० लाखको आर्थीक कारोवार भएको आयोजकको दाबी

लेखनाथ ४ पुस ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा षौष ३ गते देखि सुरु भएको १६ औं संस्करणको लेखनाथ महोत्सवमा शुक्रवार २० लाख बरावरको आर्थीक कारोवार भएको छ ।
अधिल्लो दिनको तुलनामा कारोवार ह्वात्तै बढेर करिव २० लाख पुगेको आयोजक संस्थाका महसचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।
मेलाको शुक्रबार नै १० हजार दर्शकहरुले अवलोकन गरेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघले दावी गरेको छ ।
महोत्सवमा रहेका करिव तिन सय ४० वटा स्टलहरुबाट दर्शकले आफुले रोजेका र खोजेका सामान पाउने भए पछि सामान किनमेलका लागि मात्र पनि दर्शकहरु महोत्सव पुग्ने गरेकोे आयोजकले दावी गरेको छ । यो संख्या भोलि झनै वढ्न सक्ने वताईएको छ ।
महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको महोत्सवले उत्पादक र उपभोक्तालाई एकै ठाँउमा भेटाउने अवसर जुटाए पछि महोत्सव स्थल किनमेलको स्थल बनेको हो ।
दर्शकहरुलाई मनोरङजन दिनका लागि स्टेजमा राखिएका मनोरञ्जतात्मक कार्यक्रमहरु हेरेपछि बाहिरीने े दर्शकहरु आफुलाई आवस्यक पर्ने सामानहरु लिएर फर्कने गरेकाले महोत्सव ब्यापारीक केन्द्रसग सगै किनमेलको स्थल पनि बन्न सफल भएको हो ।
नुन देखि सुनसम्म गाडी देखि साडीसम्मका सामाग्री रहेको महोत्सवमा सुक्रवार मेगाटेक ईन्टरनेशन प्रा ली ले राखेको करतार टयाक्टर १७ लाख ९५ हजारमा बिक्री भए पछि क्रेता र विक्रेताको संगम स्थल नै महोत्सव भएकाले यहाँ आउने कोही पनि दर्शकहरु खाती हात नभई के न केही सामाग्र लिएर जाने गरेकाले यस पालीको महोत्सवले पनि सवैको मन जित्न सफल हुनेमा संघका अध्यक्ष बलराम ढकाल विश्वस्थ देखिन्छन् ।
पुसको १५ गतेसम्म लेखनाथको तालचोकमा संचालन भइरहेको महोत्सवको दोस्रो दिन शुक्रबार लोक दोहोरी ईन्द्रेणीको छायाकंन, ठकुरी समाजको सास्कृतीक झाँकी,विश्व नेपालीको लाईभ पप कन्सट र विद्यालय स्तरिय लोक नृत्यमा कास्की मोडनाज एकेडेमी,न्यू लाईट स्कुल र प्रि एपेक्स ग्रुप स्कुलको प्रस्तुती रहेको प्रचार प्रसार उप समितिका संयोजक राजु सुवेदीले जानकारी दिएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: