मनोरञ्जनअर्थ खबररोचक

कृषि उत्पादनले तान्यो दर्शकलाई लेखनाथ महोत्सवमा

लेखनाथ , ६ पुस ।
कास्कीको लेखनाथमा जारी १६औं सस्करणको लेखनाथ महोत्सवमा राखिएका कृर्षि उत्पादनका स्टलमा दर्शकको चासो बढेको छ ।
उत्पादक देखि उपभोक्ता सम्म सहज रुपले पौच पुग्ने र उत्पादित वस्तुको वजारीकरणमा सहयोग पुग्ने गरि महोत्सव स्थल भित्र राखिएका कृषि तथा पशुपंक्षी जन्य उत्पादन, ताजातरकारी, माछा, मह, जैविकविविधता र घरेलु हस्ताकलाका उत्पादनमा दर्शकको चोसो बढेको हो ।
कृर्षिजन्य उत्पादनलाई प्रबद्धन गर्ने उद्देश्यले महोत्सव स्थल भित्रका माछाका स्टलबाट दैनिक तिन सय केजी भन्दा बढि माछा विक्रि भएको रुपाताल पुर्नस्थापन तथा मत्स्य सहकारी सस्थाका माछा विक्रि संयोजक आनन्द सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार रुपाताल र बेगनासतालमा उत्पादीत माछा दर्शकको आवश्यकता अनुसार दैनिक रुपमा बिक्रि वितरणको ब्यवस्था मिलाएको बताएका छन् ।
यसैगरि ताजा तरकारीका लागि राखिएका स्टलबाट विषेशगरि स्थानिय स्थरमा उत्पादीत आलु, काउली, बन्दा, गोलभेडा र प्याजको विक्रि दैनिक हजार केजी भन्दा बढि भएको कृषि प्रर्दशनी उपसमितिका संयोजक विरेन्द्र भण्डारीले जानकारी दिएका छन् । यसैगरि महोत्सवमा राखिएको सुन्तलाका स्टलबाट दैनिक एक हजार के.जी भन्दा बढि सुन्तलाको विक्रि हुदै आएको उनले बताएका छन् ।
महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा ब्यापारिक प्रयोजन सँगसगै उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि राखिएको विद्यालय स्तरीय लोक नृत्य र मातृशक्तिको सम्मानमा राखिएको रत्यौली गीतको प्रस्तुती रहेको स्टेज संयोजक नेत्रपाणि बास्तोलाले जानकारी दिएका छन् ।
यसैबिच महोत्सवको चौथो दिनसम्म आईपुग्दा दर्शकको चापसगै कारोवारमा पनि बृद्धि हुदै आएका बताईएको छ । आईतवार आर्थिक कारोवार तर्फ करिव एक करोड र दर्शकको सहभागीता करिव १० हजार रहेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका महासचिव गोपिचन्द्र वास्तोलाले जानकारी दिएका छन् ।
महोत्सवको पाचौं दिन सोमबार लोक दोहोरी तर्फःप्रजापति पराजुली,कृष्ण रेउले,चोलेन्द्र पौडेल,प्रदिप त्रिपाठी, सिता के सी,मञ्जु विक, काजल गुरुङ, माया गिरी, सहितका चर्चीत कलाकारको विजोड प्रस्तुती हास्य प्रहसनमा ः चक्लेटी र दारी वा साथमा अन्य कलाकारहरु रहेका छन् । यसै गरी लाईभ पप कन्सर्टमा मिस्टर डि ,विन्दु परियार र माया पुन साथमा मोडल डान्स रहेका छन् । रत्यौली तर्फ नमुना आमा आमा समुह र खराने ताजा तरकारी कृषक समुहको प्रस्तुति रहने छ। विद्यालय लोक नृत्यमा लिटल फ्लावर वोडिङ स्कुल, अमरज्योती गाउर्फक मावि र लक्ष्मी मावि र साथमा स्याङजाली तमु समाजको सास्कृतीक कार्यक्रम रहने प्रचार प्रसार उपसमितिका संयोजक राजु सुबेदीले जानकारी दिएका छन् ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: