मनोरञ्जनरोचक

न्यूलाईट अँग्रेजी आवासीय माविमा २८ औं वार्षिकोत्सव सम्पन्न

लेखनाथ,९ पुस ।
न्यूलाईट अँग्रेजी आवासीय मावि पोखरा–३० शिसुवामा २८ औं वार्षिकोत्सव एवं अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
दिवसको एक समारोहका विच उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति तथा विज्ञान तथा प्रविधि संकायका डिन ई.बुद्धिराज जोशी निजी विद्यालयको उत्पादनले पनि विश्वविद्यालयमा छात्र वृति प्राप्त गर्न सक्ने वताए ।
कार्यक्रममा पोखरा–३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले विद्यालयहरुले समय सापेक्ष र व्यवहारिक शिक्षा प्रदान गर्न सक्नुपर्ने वताए ।
समारोहलाई प्याव्सनका जिल्ला उपाध्यक्ष मथुरा पौडेल, पुर्व जिशिअ बलराज पौडेल, वुद्धिजिवी वामदेव जमरकटृेल, अभिभावकहरुको तर्फबाट शिव सुवेदी लगायतले सम्बोधन गरेका थिए । उपस्थित सम्पुर्णलाई स्वागत गर्दे विद्यालयको वार्षिक प्रगतीएवं भावि योजनाको विषयमा प्रिन्सिपल बुद्धिप्रसाद बाँस्तोलाले प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा शैक्षिक एवं अतिरित्त, क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थिहरुले विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै लोपोन्मुख घरायसी सामग्रीहरुको पनी प्रर्दशनी गरेका थिए । यसै गरी शिक्षकहरु शिव चन्द्र घिमिरे, प्रदिप भण्ढारी, अभिलेख पौडेल, कुष्ण कुमारी लामिछाने, निर्मला ढकाल, राकेश देवान, सुमिता देवानलाई सम्मान गरिएको थियो । त्यस्तै गरी कर्मचारी पूर्ण बहादुर भुजेल, वस चालक पुष्पराज चापागाइ, सहयोगी कुशुम अछामी, र बुद्धिमायाँ परियारलाई समेत सम्मान गरिएको शिक्षक अरुण चन्द्र सुवेदीले जानकारी दिए।

विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष हर्क ब. श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक देबु प्रसाद भटृराईले गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: