समाचार

बेगनासताल डुंगा व्यवसायी समितिलाइ लाईफ ज्याकेट हस्तान्तरण

लेखनाथ,९ पुस ।
सिद्धार्थ बैंक लिमिटेड लेखनाथ शाखा तालचोकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा बेगनासताल डुंगा व्यवसायी समितिलाई ४० थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ ।
बैंकका गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ ले बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष सोमराज कँडेललाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरा–३१ का अध्यक्ष कमल बहादुर थापाले बेगनासतालमा बारम्बर भईरहने दुर्घटनाहरुबाट हुने क्षति कम गर्न लाईफ ज्याकेटले ठुलो सघाउ पुर्याउने वताउँदै सहयोगको लागि बैंक प्रति आभार प्रकट गरेका थिए ।
ताल घुम्न आउने पर्यटकलाई सुरक्षित पर्यटकिय क्षेत्रको रुपमा स्थापित गर्न वडा र स्थानिय सुरक्षा निकायको सहकार्यमा आचार संहिताहरु तयार गरिएको र डुंगा सयर गर्दा लाईफ ज्याकेट र एकजना चालक अनिवार्य गरिएको पनि थापाले वताए ।
कार्यक्रममा सिद्धार्थ बैंक लेखनाथ शाखा तालचोकका प्रबन्धक केशवराज पौडेलले यो सहयोग शुरुवाात मात्र भएको र यसले दुर्घटना नियन्त्रण गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे । बैंकले आगामी दिनमा पनि यस प्रकारका सहयोगलाई निरन्तरता दिने पनि पौडेलले प्रतिवद्धता व्यक्त गरेका थिए ।
डुँगा व्यवसायी समितिका अध्यक्ष सोमराज कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्व अध्यक्ष ढकनाथ कँडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन श्रीरामकँडेलले गरेका थिए ।
देशभरि १७६ शाखा रहेको बैंकको १ सय १ शाखा र हितशाखाहरु रहेका छन । बैंकले १६०० पिओएस मेशिन र १९५ एटिएम सञ्चालन गरि बैंकिङ सेवा प्रदान गरिरहेको बैंकका गण्डकी प्रदेशका प्रमुख अमित श्रेष्ठले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: