समाचार

रत्न शोभामा साईबर अपराध सचेतना कार्यक्रम सम्पन्न

ऋषिराम रानाभााट
माझठाना , १४ पुष ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा साइवर क्राइम सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाले आयोजना गरेको हो । सेवा केन्द्रका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त सचेतना कार्यक्रममा प्रमुख अतिथि हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाकका प्रहरी उपरिक्षक अर्जुन रानाभााटले अपराध भनेको के हो, किशोरअवस्थामा सम्भावित खतराहरु, इन्टरनेट, सामाजिक सञ्जाल, साइबर अपराध, साइबर अपराध हुने काराणहरु लगाएतका विषयमा सहजीकरण गर्दै जनताको सुरक्षा गदैै शान्त समाज निर्माणका लागि सुरक्षा निकाय हरपल तयार रहेको बताए । समाजमा हुन सक्ने सम्भावित अपराधलाई न्यूनिकरण गर्न प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरे ।
कक्षा १०, ११ र १२ का विद्यार्थीहरुको सहभागीता रहेको उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङ, विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले विद्यार्थीहरुले प्रशिक्षणमा सिकेका कुराहरु व्यवहारमा लागु गर्न सके प्रशिक्षण उपलव्धि हुने भन्दै समाज रुपान्तरणमा विद्यार्थीहरुको अहम भुमिका हुने बताए ।
सामुदायिक सेवा केन्द्रका कार्य समितका सदस्य विकल केसी, सन्तोष वास्तोला लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका मिडिया सल्लाहकार ऋषिराम रानाभाटले स्वागत गरेका थिए भने सेवा केन्द्रका सचिव राधाकृष्ण तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: