पोखरासहित देशैभर वर्षा र हिमपात

१८ पुष ।
आज देशका विभिन्न भागमा वर्षा तथा हिमपातद भइरहेको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि दिनभर नै देशैभरको मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यका तथा पोखरा सहित देशका धेरैजसो ठाउँमा आज वर्षा भइरहेको छ।
‘उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको पनि सम्भावना छ,’ मानन्धरले भनिन्, ‘काठमाडौँमा आज हिजो भन्दा ठूलो पानी मौसम बदली भइरहेको छ। पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मध्यम स्तरसम्मको वर्षा भइरहेको छ।’ बिहीबार काठमाडौँमा शून्य दशमलव २ मिलिलिटर वर्षा भएको थियो। हिजो डढेलधुरामा ३ दशमलव ६ मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ। अहिले पूर्वी भेग बाहेक देशका सबै क्षेत्रमा बदली छ। घाम लागेको छैन। घाम नलाग्दा चिसो बढेको छ। शनिबारबाट भने मौसममा सुधार हुँदै जाने उनले बताइन्।