समाचार

बेगनासतालमा रोटरी स्तम्भ निर्माण हुने

ऋषिराम रानाभाट
बेगनासताल, १८पुष ।  पोखरा महानगरपालिका वडा नं.३१बेगनासताल मन्दरे पार्कमा रोटरी स्तम्भ निर्माण हुने भएको छ ।  सामाजिक तथा मानविय सेवामा समर्पित रहँर्दै आएको रोटरी क्लब अफ लेखनाथले उक्त स्थानमा रोटरी स्तम्भ निर्माण गर्ने भएको हो। यसै विच पोखरा ३१का वडा अध्यक्ष कमल बहादुर थापाले शुक्रबार एक कार्यक्रमका विच रोटरी स्तम्भको सिलन्यास गर्दै वेगनासताल राजा महाराजाको पालादेखि ओझेलमा परेकाले हामी सबै मिलेर यो स्थानको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। रोटरी क्लब अफ लेखनाथले निर्माण गर्न लागेको रोटरी स्तम्भमा वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी वराह मन्दिर संरक्षण समितिका अध्यक्ष धु्रवनाथ अधिकारीले वेगनासताललाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आफ्नो सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा रोटरी क्लब अफ लेखनाथका पूर्व अध्यक्ष एवम् इन्जिनियर विश्व कर्माचार्यले स्वागत गर्दै एउटा स्याने स्तम्भ निर्माण लागिएको जानरी दिंदै उक्त स्तम्भमा रोटरीको लोगो, वेगनासताल लेखिने , नेपालको झण्डा समेत राखिइ विश्वमा नै वेगनासतालको पहिचान दिने खालको स्तम्भ करिब २ लाखको वजेटमा निर्माण गरिन लागिएको सो अवसरमा उनले बताए। क्लबका अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सचिव अम्बिका मोहन भट्टराइले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: