समाचार

३ दिने निशुल्क व्यवसायिक मौरी पालनतालिम सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ, २८ पुष ।
पोखरा महानगरपालिका वडा नं.३१ बेगनासतालमा निशुल्क व्यवसायिक मौरीपालन तालिम सोमबार सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वेगनास तालगरीको आयोजनामा पुष २६ गतेबाट सूरु भएको तालिमको समापन कार्यक्रमलाई मन्तव्य दिंदै लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वि १ नेपालका क्याविनेट सेक्रेटरी विनोद दुंगानाले अन्तराष्ट्रिय लायन्स क्लबको सिद्धान्तलाई आत्मसाथ गर्दै लायन्स क्लब अफ वेगनास तालनगरीले आयोजना गरेको ३ दिने व्यवसायिक मौरी पालन तालिम अत्यन्तै सान्दर्भिक भएको बताउँदै जहाँ आवश्यकता त्यहाँ लायन भन्ने लायनवादको उद्धेश्यलाई अनुकरण गरेकोमा क्लब परिवारलाई धन्यवाद दिएका थिए । सहभागी प्रशिक्षार्थीहरुलाई एउटा सफल मौरी पालक व्यवसायिक बन्न पनि उनले शुभकामना समेत व्यक्त गरेका थिए ।
२८ जना सहभागी रहेको उक्त तालिमको समापन कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा.मोहमद इकवाल हुसेन, प्रशिक्षक एवम् मौरी पालक महासंघ गण्डकी प्रदेशका अध्यक्ष सूर्य प्रसाद लामिछानेले मौरी पालन सम्बन्धि आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रम संयोजक एवम् कमिटी चियर पर्सन ऋषिराम रानाभाटले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेका थिए ।
प्रशिक्षार्थीको तर्फबाट अनन्त कंडेल र तारा तिवारीले तालिम उपयोगी भएको बताउँदै सिकेका कुरालाई व्यवहारमा लागु गर्ने व्यक्त गरेका थिए । क्लबका अध्यक्ष केशव राज तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: