समाचार

पेशागत बिमा अभिकर्ता संघको रक्तदानमा ४६ युनिक रगत संकलन

पोखरा, ११ माघ ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल शाखा समिति एल आई सी पोखराको बार्षिक कार्यक्रम अन्तरगत सनिवार राखेको खुल्ला रत्तदानमा ४६ युनिट रगत संकलन भएको छ ।
अभिकर्ताले विमा मात्र होईन सामाजिक क्षेत्रमा पनि काम गर्छन भन्ने शन्देस दिने उदेस्यले राखिएको रक्तदानमा पहिलो रत्तदाता एल आई सी नेपालका गण्डकी प्रदेश प्रमुख सुजित ठाकुरलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं ९ का वडाअध्यक्ष रामराज लामिछानेले अभिकर्ताले विमा गराएर जसरी विमितको सेवा गरिरहेका छन् त्यसैगरि दुःख मा परेकालाई रगत दिएर पनि समाजमा उदाहरणीय काम गरेको विचार राखेका थिए ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल शाखा समिति एल आई सी पोखरा साखाका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एल आई सी नेपालका गण्डकी प्रदेश प्रमुख सुजित ठाकुर,एल आई सी नेपाल पोखरा साखाका प्रमुख गिरीराज घिमिरे, वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारी,रुकबहादुर गुरुङ,लायन्स क्लव गण्डकी स्टेटका अध्यक्ष अमृत बराल, रत्तसंचार केन्द्र पोखराका प्रमुख ध्रुवमणि लामिछाने लगाएतले स्वच्छ मानिसले प्रत्येक तीन तीन महिनामा रत्तदान गर्दा राम्रो हुने बताएका थिए । पेशागत बिमा अभिकर्ता संघ नेपाल शाखा समिति एल आई सी पोखरा साखाकी सचिव देवि तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गितादेवि चापागाईले गरेकी थिईन भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक नवराज दुराले गरेका थिए।

Related Articles

Back to top button
%d bloggers like this: