समाचार

सरस्वती पूजासँगै अक्षरारम्भ

माघ १६।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार देशभर मनाइएको छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ(आफ्ना कला(साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा(आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन्। यसै विच पोखरा महानगरापलिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा सरस्वतीमाताको पूजा आरधाना गरी सरस्वतीको पुजा गरीनुका साथै साना साना २० जना वालवालिकालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङ, प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले अक्षर आरम्भ गरेका थिए। यसै गरी सोही विद्यालयमा शहिद दिवस अवसर पारेर विद्यार्थीहरु विच भलिवल खेलपनि आयोजना गरिएको बुढाथोकीले बताए ।
यसै गरी पोखरा महानगरपालिका वडा नं.३१ बेगनासतालमा रहेका सिल सिला इग्लिस बोडिङ स्कूल र रेडगोल्ड मन्टेश्वरीले संयुक्त रुपमा सरस्वतीको पूजा एवम् अक्षर आरम्भ गरेका छन् । विद्यालयका प्रिन्सिपल रोशन कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ६० जना वालवालिकालाई अक्षर आरम्भ गरिएको सो कार्यक्रमका संयोजक सरीता कोइरालाले जानकारी दिइन् । विद्यार्थीहरुले आफूले सिर्जना गरेका विज्ञान सम्बन्धि चित्र एवम् माटाबाट बनाइएका भाँडाहरुको समेत प्रर्दशन गरेका थिए भने उक्त कार्यक्रमको संयोजन विद्यालयका सहायक प्रिन्सिपल अर्जुन आचार्यले गरेका थिए । सितला अधिकारीले सन्चालन गरेको कार्यक्रममा कविता कोइरालाले कार्यक्रममाथि प्रकाश पार्दै स्वागत गरेकी थिइन भने विद्यालयका शिक्षिकाहरुले विभिन्न जातजातिका झल्कने भेषभुषाको समेत पहिरन गरेको कुरा विद्यालयका प्रिन्सिपल रोशन कोइरालाले बताए ।
यसै गरी वडा नं २९ भण्डारढीकमा रहेको जनप्रकाश माविले सरस्वती पुजा÷ श्रीपञ्चमीको अवसरमा अक्षराम्भ तथा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । अंगे्रजी र नेपाली माध्ययममा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको विद्यालयमा विहिवार वालविकास ( पूर्व प्रथामिक) कक्षामा २७ जना विद्यार्थीहरुलाई अक्षरामभ गराउदै भर्ना गरिएको हो । नवआगन्तुक विद्यार्थीहरुलाई शिक्षक अभिभावक सधंका अध्यक्ष कमल पुलामि र विद्ययालयका प्रधानाध्यापक शेखरनाथ शर्माले अविर अर्पणसहित कापी र कलम प्रदान गरेर अक्षरामभ गराएका हुन् ।

Related Articles

Back to top button
%d bloggers like this: