समाचार

फागुन १, २ र ३ गते बृहत लोक साँस्कृतिक महोत्सव हुने

 १८, माघ । पोखरामा बृहत लोक साँस्कृतिक महोत्सव २०७६ हुने भएको छ । आगामी फागुन १, २ र ३ गते तीन दिने लोक साँस्कृतिक महोत्सव हुन लागेको हो ।

कलाकार कल्याणकारी कोषको सहयोगार्थ हुने कार्यक्रम पोखराको पुरानो टुँडिखेलमा हुनेछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको आयोजनामा महोत्सव गरिन लागेको हो ।

महोत्सवमा चर्चित लोक दोहोरी कलाकार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, रमेश विजी, हरिदेवी कोइराला, विमा कुमारी दुरा, शर्मिला गुरुङ, देबि घर्ती, जुना श्रीस, पशुपति शर्मा, प्रकाश सपुत, राजु परियार, राजु गुरुङ, राजन गुरुङ, याम क्षेत्री, प्रिति आलेको प्रस्तुती रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङले जनाए ।

Related Articles

Back to top button
%d bloggers like this: