समाचार

प्रहरीद्धारा बेपत्ता २ जनाको पोखरामा उद्दार

१८ माघ , पोखरा। अपरिचित मान्छेले फोन गरेर चिट्ठामा १० लाख रुपैयाँ परेको बताएपछि सोही पैसाको खोजीमा बेपत्ता भएका पर्वतका दुई बालकहरूलाई प्रहरीले उद्धार गरेको छ।

कास्की प्रहरीले पर्वतको कुस्मा नगरपालिका ११ पकुवाका ४९ वर्षीय बिलबहादुर दमाईको छोरा राजन परियार र भाइ नाता पर्ने प्रेम परियारलाई पोखराको वैदामबाट उद्धार गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक विकास थापाका अनुसार दुई जना बालकहरू गत मङ्सिर २७ गतेबाट बेपत्ता भएका थिए। उनीहरु बेपत्ता भएपछि परिवारले दिएको उजुरीको आधारमा उनीहरुको खोजी सुरु गरिएको थियो।

बेपत्ता भएका राजन र प्रेमले कोही व्यक्तिको बैंक खातामा २५ हजार रुपैयाँ जम्मा गरेको भेटिएपछि प्रहरीले उनीहरू आर्थिक मामलाका विषयमा बेपत्ता भएको हुन सक्ने भन्दै अनुसन्धान अगाडि बढाएको थियो।
उक्त रकम सिराहा जिल्लाको मिर्चैया नगरपालिका७ घर भएका चन्द्रभुषण साहको खातामा जम्मा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Related Articles

Back to top button
%d bloggers like this: