समाचार

अध्यक्ष द्वयको राजनीतिक प्रतिवेदन पारित गर्दै सकियो नेकपा केन्द्रीय समिति बैठक

माघ १९,

काठमाडौं । अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

माघ १५ देखि १९ गते सम्म काठमाडौंमा बसेको बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन पनि पारित गरेको छ । संशोधित विधानमा पार्टीको उपाध्यक्ष रहने र त्यसअनुसार पार्टी स्थायी कमिटी सदस्य वामदेव गौतम उपाध्यक्षमा चयन भएका छन् ।

त्यस्तै समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कम्प्याक्ट परियोजनाका विषयमा सबै पक्षहको वस्तुसम्मत अध्ययन गरी निर्णय लिन वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा ३ सदस्य अध्ययन कार्यदल गठन गरेको समेत बताए ।

जसमा स्थायी कमिटी सदस्यहरु भीमबहादुर रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् । उक्त कार्यदलले १० दिन भित्रमा अध्ययन गरी सचिवालयमा सुझाव पेस गर्ने र सोही सुझावका आधारमा पार्टीले निर्णय गर्ने भएको छ ।

प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको वास्तविक भूभाग सबै समेटिएको नक्सा प्रकाशित गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको समेत बताए । त्यस्तै बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०७७ चैत २५ देखि ३० गते सम्म सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै जिल्ला अधिवेशन र प्रादेशिक अधिवेशन समेत आवश्यक तयारी गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै तीन महिने संगठनात्मक विस्तार तथा जनपरिचालनको विशेष अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै संघीय सांसदहरुको लेबीहरुमा एकरुपता कायम गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चिततालाई कार्यान्वयनमा लैजाने निर्णय समेत गरेको छ । त्यस्तै बैकठले नोभल कोरोना भाइरसको संक्रमणका विषयमा सचेत रहने निर्णय समेत गरेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: