समाचार

आहा रारा गोल्डकप फागुन २२ देखि पोखरामा

पोखरा, माघ १९ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २२ गतेदेखि पोखरामा सुरु हुने भएको छ ।

सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा यस वर्ष १० टोलीले सहभागिता जनाउने भएका छन् ।

‘खेलकुदको विकासमा सहकार्य गर्रौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले फुटबल प्रतियोगिता संचालन गर्दै आइरहेको छ ।

क्लबका महासचिव रामजी प्रसाद अधिकारीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले तय गरेको मितिमै प्रतियोगिता हुने बताए । २२ गतेबाट शुरु हुने प्रतियोगिता चैत्र १ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा विदेशी २ टिमसहित, ए डिभिजन क्लबहरु र मोफलसलका टिमहरु रहने छन् ।

Related Articles

Back to top button
%d bloggers like this: