राधाकृष्ण बृद्धाश्रमको अध्यक्षमा पुनः लिगल

लेखनाथ, २० माघ ।
पोखरा महानगरपालिका वडा नं. ३२, लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमको अध्यक्षमा पुनः प्रेम लिगल तीन बर्षका लागि सर्व चयन भएका छन् । त्यसैगरी समितिको प्रथम उपाध्यक्षमा विश्वराज लामिछाने, द्धितीय उपाध्यक्षः सनबहादुर गुरुङ्ग, महासचिवमा शोभामोहन पौडेल, उप–महासचिवमा लोकमाया लामिछाने र कोषाध्यक्षमा शिवबहादुर थापा रहेका छन् ।
यसै गरी सदस्यहरुमा पार्वती लामिछाने, सीता कुँवर, सन्जीव कुमार ढेवाजु, जीवन तभ्या र शालिग्राम सिग्देल रहेका छन् । नव निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता सन्तोष तिवारीले सपथ खुवाएका थिए । कार्यक्रम अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले समाजमा रहेका ज्येष्ठ नागरिक राष्ट्रका गहना भएको र उनको खुसी पार्नु भनेको आशीष मिल्नु हो भन्दै मानव भएर मानवको सेवा गर्नु नै मानव धर्म भएको चर्चा गरे ।
संस्थाका अध्यक्ष प्रेम लिगलको सभापतित्वमा भएको सो कार्यक्रममा पोखरा–३२, का वडा अध्यक्ष अक्कलवहादुर कार्र्की, वडा सदस्य सुनमाया नेपाली, सिड फाउण्डेशन कास्कीका निर्देशक दामोदर भक्त थापा , समाज सेवी बुद्धिमान गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष जानुका अधिकारी, राइजिङ्ग स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ्ग, नेकपा पोखरा ३२ का अध्यक्ष अर्जुन मल्ल, समाज सेवी प्रकाशचन्द्र पागलद, उज्जल आमा समुहकी अध्यक्ष लोकमाया लामिछाने, राधाकृष्ण मन्दिरका सह अध्यक्ष गणेश के.सी. लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा वृद्ध आश्रमकालाई सहयोग र योगदान पुर्याउने उज्वल आमा समुहलाई सम्मान पत्र द्धारा सम्मान गरीएको थियो । संस्थाका उपाध्यक्ष विश्वराज लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव सोभामोहन पौडेलले कार्यक्रमको संचालन गरेका थिए ।