मनोरञ्जनअर्थ खबर

मुक्तिनाथ विकास बैंक बुढिबजार शाखाद्धारा सहयोग

ऋषिराम रानाभाट
लेखनाथ, १ फागुन ।
पोखरा महानगरपालिका वडा नं.२६ मा रहेको मुक्तिनाथ विकास बैंकले भवानी कालिका माध्यमिक विद्यालयमा सहयोग गरेकोछ । सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा २५ थान गमला, विभिन्न प्रजातिका फूलहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनीया थापा र विद्यालयका प्रधानाध्यपाक रमेश भट्टराईलाई संयुक्त रुपमा सो शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाटले हस्तान्तरण गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनीया थापा, विद्यालयका प्रधानाध्यापक रमेश भट्टराईले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा सहयोग गरेकोमा धन्यवाद दिंदै उक्त बैंकको उत्तरोत्तर प्रगतीको कामना गरे। मुक्तिनाथ विकास बैंकका शाखा प्रमुख रामचन्द्र रानाभाटले मुक्तिनाथ विकास बैंकले नाफामुखि मात्र नभै विभिन्न सामजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक कार्य गर्दै नम्बर १ विकास बैंक बन्न सफल भएको जानकारी गराउँदै सबैमा धन्यवादन पनि दिएका थिए भने उक्त कार्यक्रमको सहजीकरण शाखाका कर्जा प्रमुख सुजन पौडेलले गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: