सुदुरपश्चिमका कुखुरा पालक किसानलाई दश दिनमा कराडौँको नोक्सानी
काठमाडौं, चैत्र २६ः कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा ब्रोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् ।
कुखुरा पालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एक साता समय लगाएर लकडाउनमा सुदूरपश्चिममा कृषि क्षेत्रमा भएको नोक्सानी पर्यवेक्षण गरेर सङ्घीय कृषि मन्त्रालयमा समेत प्रतिवेदन पठाइसकेको छ ।
सुदूरपश्चिममा दैनिक दुई लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको थियो भने प्रतिहप्ता ८० हजार चल्ला उत्पादन हुने गरेको थियो । ह्याचरीले दुई हप्तामा एक करोड रुपैया नोक्सानी व्यहोरिसकेका छन् ।
दुग्धतर्फ पनि सुदूरपश्चिमका किसानले दैनिक ८० लाख रुपैया बराबरको नोक्सानी व्यहोर्नु परेको कृषि मन्त्रालयले जनाएको छ ।