समाचार

भारतमा २४ घण्टामा ५१ जनाको मृत्यु, संक्रमितको संख्या ९ हजारभन्दा बढी

बैशाख १ , नयाँदिल्ली । भारतमा नोभेल कोरोना भाइरस अथवा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९०५ जना कोरोना संक्रमित थपिएका छन् भने ५१ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ३५२ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका उपसचिव लभ अग्रवालतका अनुसार भारतमा हाल ८ हजार ४८ सक्रिय संक्रमित छन् ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४ पुगेको छ । भारतले कोरोना संक्रमितको संख्या पछिल्लो केही दिनयता तीव्र रुपमा वृद्धि भइरहेको छ । –एएनआई 

Related Articles

Back to top button
%d bloggers like this: