पोखरा ३० मा कोरोना भाइरस नियन्त्रण र रोकथाम सम्बन्धि सचेतना कार्यक्रम
ऋषिराम रानाभाट
बैशाख ८ , पोखरा । विश्वमा कोरोनाभाइस (कोभिड १९)को महामारी बढी रहेको छ । नेपालमा हालसम्म ३१ जनामा कोभिड १९ को संक्रमण देखिइसकेको छ भने ४ जना निको भएर डिस्चार्ज भएका छन् ।
यसै विच पोखरा म न पा ३० मा कृयासिल ४३ टोल बिकास सस्था अन्चतर्गत टोल विकास संस्था वडा समन्वय समितिको आयाजनामा कोरोना भाइरस नियन्त्रण र रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ । पोखरा ३० गणेश नेवा खल गगन गौडामा रहेका ८ वटा टोल बिकास सस्थाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुका विच उक्त कार्यक्रम गरिएको हो । टोल विकास संस्था वडा समन्वय समितिका सयोजक खेमराज राज बास्तोलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष श्रीराम पोख्रेलले वडाको समग्र स्थितिको वारेमा जानकारी गराउँदै, नियमित औषधि आपुर्ति को व्यवस्थापन गर्ने, बिपत ब्यबस्था पन कोषको स्थापना सञ्चालन र राहात बितरणमा टोलबिकास सस्थाको जिम्बेवार भुमिका रहने बताए ।
यसै गरी नेकपा अध्यक्ष कृष्ण अधिकारी र नेका सभापति नीर लाल तज्या अहिलेको विपतको वेलामा सबै राजनिति पार्टीहरु राजनिति भन्दा माथी उठेर सबै एक जुट हुनु पर्नेमा जोड दिएका थिए । विपतले ठूलो, सानो, धनी ,गरिब जात, जाति, धर्म ,लिङ्ग, केही नभन्ने र हुनेले नहुनेलाई सहयोग गर्न मानबिय धर्म र नेपाली परम्परा भयकोले राहात कोषमा नगद वा जिन्सि सहयोग गर्न आग्रह गरेका थिए । यस्तै
लेखनाथ उ बा संघका द्धितिय उपाध्क्ष राजेन्द्र ओझाले यो बिपतको घडिमा सहयोग गर्न तयार रहेको र दैनिक उपभोग्य बस्तु पसलमा सकिएमा जानकारी गर्न आग्रह गर्दै सहजिकरण गर्न उ बा सघ तयार रहेको बताए।
शिसुवा सि आर विका प्रतिनिधि र वडा प्रहरी कार्यालय गगन गौडाका प्रतिनिधिले वडाको सहयोगमा लकडाउन पुर्ण पालना गराउने र उल्लघन गर्ने लाई कानुनको दायरामा ल्याउनेमा कसैको भनसुन नमान्ने र वडावासिलाई सुरक्षाको अनुभूति दिने बताउँदै टोल विकास समन्वय समितिले सचेतना कार्यक्रमको प्रशंसा गरेका थिए ।
वडा सचिब दुर्गा न्यौपानेले हाल सम्म वडाबाट पहिलो चरणको राहात बितरण गरिएको जानकारी गराउँदै र टोल विकास संस्थाबाट सिफारी भइ वडामा दर्ता भएका अति विपन्न नागरीकलाई दोस्रो चरणको राहतका लागि पोखरा महानगरमा पहल गरिएको बताइन् । टोल विकास संस्थाको रोहवरमा थप घट गरि नदोहोरिने गरि वास्तविक विपन्न परिवारलाई राहत वितरण गरिने पनि न्यौपानेले प्रतिबद्धता व्यक्त गरिन् । टोल विकास संस्था वडा समन्वय समितिका सचिव चिरन्जिबि तिवारिले सञ्चालन गरेको कार्यक्रममा पोखरा ३० नेका वडा सभापति नीर लाल तज्याले स्यानिटाईजर सौजन्य रुपमा वितरण गरेका थिए भने सामाजिक दुरी कायम गरी कार्यक्रम सञ्चालन गरिएको सचिव चिरन्जिबि तिवारिले जानकारी दिए ।
बैशाख ५ गते विहान ८ बजे ऊँकारेश्वर मन्दिर देउरालीमा ११ वटा टोल बिकास सस्थाका प्रतिनिधिहरु, बैशाख ६ गते बिहान ८ बजे शान्ति आधारभुत बिध्दालय शिसुवामा ११ वटा टोल बिकास सस्थाका प्रतिनिधिहरु, ७ गते बिहान ८ बजे वडा कार्यालय खुदिमा १३ वटा टोल बिकास सस्थाका प्रतिनिधिहरु र ८ गते बिहान ८ बजे गणेश नेवा खल गगन गौडाका ८ वटा टोल बिकास सस्थाका प्रतिनिधिहरुलाई सचेतना गराई सोमबार सम्पन्न भएको सचिव तिवारीले जानकारी दिए ।