समाचार

पोखरा ३१ मा निशुल्क खानाथ खुवाइने

ऋषिराम रानाभाट
लेखनाथ, २० बैशाख ।
पोखरा महनगरपालिका वडा न ३१, को समन्वयमा ज्ञानकुन्ज बिद्याश्रम मोहरिया तथा आश्राय रेष्टुरेन्ट एन्ड लज को आयोजनमा अति बिपन्न बर्गहरुलाई लक्षित गरी निशुल्क खान खुवाउने कार्यक्रम आज देखि सुरु गरिएको छ ।
विश्वभर नै कोरोना भाइरुस ( केभिड १९) ले आक्रान्त बनाएको यस विसम परिस्थितिलाई मध्येनजर गर्दै अति विपन्न वर्गलाई शानिवार देखि यही बैशाख २५ गते सम्म विहान र बेलुका निशुल्क खाना खुवाइने कार्यक्रम सुरु गरिएको विदुर त्रिपाठीले जानकारी दिए । आज पहिलो दिन बिहान र बेलुका गरी २३५ जनालाई निशुल्क खाना खुवाइएको कृष्ण प्रसाद ढुङगानाले जानकारी दिए ।
गत २४ घण्टामा कोरोना भाइरसको आशंकामा एक हजार २५२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज गरेको प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा एक हजार २५२ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए ।
हालसम्म कोरोना संक्रमितको संख्या ५९ जना रहेको छ,” उनले भने, “४३ जना विभिन्न अस्पतालमा उपचार रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । १६ जना निको भएर घर फर्किएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: