समाचार

गण्डकीका मुख्यमन्त्रीसहित १४६ जनाको स्वाब संकलन

सांसदहरुको भने भोलि

पोखरा, ६ जेठ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सात मन्त्रीहरुको मंगलबार स्वाब संकलन गरिएको छ । उनीहरुसँगै अन्य कर्मचारीहरु, चालक, स्वकीयसचिव सहित १४६ जनाको कोरोना भाइरस परीक्षणको लागि स्वाब संकलन गरिएको हो ।

पीसीआरको रिपोर्ट भने बुधबार आउने जनाइएको छ । गण्डकीको बजेट अधिवेशन ११ गतेदेखि सुरु हुँदैछ । सोही अधिवेशन पूर्व नै सुरक्षा सतर्कताका लागि स्वाब संकलन गरिएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय परिसरमा बजेट अधिवेशनमा भाग लिने मन्त्रीहरु र उनीहरुसँग हुने स्वकीय तथा निजी सचिव, गाडी चालक, सुरक्षाकर्मी र कर्मचारीहरुको स्वाब संकलन गरिएको हो ।

प्रदेशसभा सदस्यहरुको भने बुधबार स्वाब संकलन गरिनेछ । जेठ ११ गतेदेखि सुरु हुने बजेट अधिवेशन पोखरा सभागृहमा सञ्चालन हुनेछ । यसअघि बजेट अधिवेशनका लागि संघीय संसदका सदस्यहरुसहित राष्ट्रपति र उपराष्ट्रपतिको समेत स्वाब संकलन गरेर पीसीआरमार्फत कोरोना परीक्षण गरिएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: