समाचार
उपत्यकाका सबै नाका सिल गर्ने गृहमन्त्रालयको निर्णय

काठमाडौं, जेठ ८ः गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गर्ने निर्णय गरेको छ ।
उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै मन्त्रालयले सबै नाका बन्द गर्ने निर्णयसहित स्थानीय सरकारलाई पत्र पठाएको हो ।
गृह मन्त्रालयले हिजो उपत्यकाभित्रका स्थानीय तहहरूलाई पठाएको छ बुँदे परिपत्रमा अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा रोक लगाउने उल्लेख छ ।
उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सोको रिपोर्टसाथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नु पर्ने गृहमन्त्रालयको परिपत्रमा उल्लेख गरिएको छ ।-