समाचार

बेगनासतालमा राहत वितरण जारी

ऋषिराम रानाभाट
लेखनाथ, ११ जेठ ।
पोखरा महानगरापालिका वडा नं.३१ बेगनासतालमा राहत वितरण कार्य जारी रहेको छ । वेगनासताल का स्थानीय युवाहरुले वडा कार्यलयको समन्वयमा राहत वितरण व्यवस्थापन समिति गठन गरी अति विपन्न परिवारलाई राहत वितरण गरेका हुन् ।

कोरोनाभाइस (कोभिड १९) को संक्रमणबाट बच्न र यसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि दैनिक ज्याला मजदूरी गरेर बिहान बेलुकाको छाक टार्ने र अतिविपन्न घर परिवारका लागि युवाहरुको सक्रियतामा आफैले आर्थिक रकम संकलन गरी गत बैशाख २८ गते देखि ३१ गते सम्म विहान र बेलुका गरी बेगनासताल वरपरका १ हजार ४२२ जनालाई तयारी खाना खुवाइएको संयोजक निराजन बरालले बताए ।
यसै गरी गत जेठ ३ गते देखि राहत वितरण कार्य सुरु गरिएको सह संयोजक सुरेन्द्र पुनले बताए । उक्त दिन ३० घर परिवारलाई १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल, १ ओटा साबुनका दरले खाद्य सामग्री वितरण गरिएको पुनले बताए ।
यसै गरी जेठ ६ गते नदोहोरिने गरी अति विपन्न २६ घरपरिवारलाई सोही परिमाणको खाद्यान्न सामग्री वितरण गरिएको आर्थिक संयोजक रोशन खनालले बताए ।

 

 

यसै गरी आज (आइतबार) बेगनासताल युवा क्लबको प्राङ्गणमा ३१ घर परिवारलाई राहतका खाद्यान्न सामग्री वितरण गरिएको युवा परिचालन संयोजक चित्र बहादुर गुरुङले जानकारी दिए । असाय, असक्त, अपांग व्यक्तिहरुको घरमै खाद्यान्न सामग्री प¥याइएको समितिका सदस्य प्रकाश बरालले जानकारी दिए । लकडाउनको अवधिमा अति विपन्न घर परिवारलाई राहत वितरण कार्यमा विभिन्न व्यक्ति विशेष, संघ संस्थाहरुले सहयोग गरीरहेको र सहयोग गर्न चाहने व्यक्ति विशेष एवम् संघ संस्थाहरुले सहयोग गर्न सकिने संयोजक निराजन बरालले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: