समाचार

बेगनासमा कागती पकेट कार्यक्रमको शुभारम्भ।

पोखरा, २३ जेठ । पोखरा महानगरका २८ र ३१ नम्बर वडामा पर्ने माझाठाना र बेगनासलाई कागती पकेट क्षेत्र बनाउने उद्देश्यका साथ कृषि ज्ञान केन्द्र स्याङ्जा र श्री कोट देउराली बहुउद्देश्यीय सहकारी सस्थाको सहलगानीमा सन्चालन हुन लागेको कार्यक्रमको गण्डकी प्रदेश अर्थ बिकास समिती सभापती दिपक कोइरालाले कागतिको बिरुवा रोपेर शुभारम्भ गर्नुभयो।
उक्त कार्यक्रममा सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटा, कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारी, पोखरा महानगरका कार्यपालिका सदस्य चतुरे बिक, जिल्ला समन्वय समितिका उपप्रमुख साबित्रा भन्डारी लगायतले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता बिष्णु प्रसाद लामिछानेले र कार्यक्रम सन्चालन श्रीराम कडेलले गर्नुभएको थियो।

Related Articles

Back to top button
%d bloggers like this: